नेपाल एकीकरणको अपूर्णतालाई पछिल्लो ‘जनक्रान्ति’ले पूर्ण गरेको छ : बस्नेत
२०८१ पुष २५ गते विहिवार
- बिहीबार पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौं : नेकपा माओवादीका उपमहासचिव एवम पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले नेपाल एकीकरणको अपूर्णतालाई नेपालमा भएको पछिल्लो ‘जनक्रान्ति’ले पूर्ण गरेको बताएका छन् ।
बिहीबार पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘नेपालको एकीकरण तत्कालको समयका लागि बस्तुगत आवश्यक्ता थियो । त्यसका केही सीमाहरु थिए । तर ति सीमालाई पूर्ति गर्ने काम पछिल्लो समय नेपालमा भएको ‘जनक्रान्ति’ले गरेको छ । त्यसबेला अलिकति केन्द्रिकृत र एकात्मक चरित्र बन्न पुग्यो राज्यको । नेपाली समाजको बस्तुगत अवस्था र सामाजिक परिवेश, त्यसको ऐतिहासिक पक्ष, त्यसको रिल्फेक्सन हाम्रो राज्यको स्वरुप र चरित्रमा हुनुपर्ने थियो ।
राज्यको स्वरुप र चरित्रमा इतिहासको रिल्फेक्सन ठिक ढङगले हुन नसकेको अवस्था थियो । जसका कारण केही सीमा र अपूर्णता थिए । त्यसलाई नेपाली जनक्रान्तिले पूर्णता दिने काम गरेको छ ।’
उनले इतिहासलाई इतिहासकै चेतनाबाट अध्ययन गरिनुपर्ने र बर्तमानलाई बर्तमान कै आवश्यकताबाट अध्ययन गरिनुपर्ने बताए ।
देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दैछ ः केसी
कार्यक्रममा बोल्दै नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दै गएको बताए ।
उनले भने,‘अहिले वास्तवमा हाम्रो देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दैछ । सुशासन भनेको भ्रष्टाचारको महासागर जस्तो भएको छ । सुशासन भनेको कहींकतै झल्याकझुलुक देखिने मात्र भएको छ । धेरै चाहीं दुशासन राज प्रवृति बिकास भएको छ ।
यसलाई निराकरण गर्न राजनीतिक दलहरु मात्रै होइन सम्पूर्ण राज्य शक्ति एक हुनुपर्छ । अहिलेको राष्ट्रिय परिस्थिति एकदमै जटिल छ । चुनौतीपुर्ण छ र हामी अप्ठ्यारो यात्रामा छौ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’